काठमाडौं १३ वैशाख । स्थानीय तह निर्वाचनको लागि मंगलबार बिहान साढे ७ बजे सम्म एक लाख ३७ हजार ४३ जनाले आफ्नो मनोनय दर्ता गरेका छन् ।
निर्वाचन आयोगको पछिल्लो तथ्याङक अनुसार बाग्मती प्रदेशमा २३ हजार ९६ जना,प्रदेश १ मा २१ हजार ८७९ जना र लुम्बिनी प्रदेशमा २१ हजार ७५९ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
कर्णाली प्रदेशमा १२ हजार ३१८ जना, गण्डकी प्रदेशमा १२ हजार १४६ जना र सुदूरपश्चिम प्रदेशमा ११ हजार ९८ जनाले मनोनयन दर्ता गराएका छन् ।
सबैभन्दा धेरै मधेस प्रदेशमा ३४ हजार ७४७ जनाले मनोनयन दर्ता गरेको आयोगको तथ्यांकमा उल्लेख गरिएको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि देशभर ६ महानगर, ११ उपमहानगरसहित ७५३ वटा स्थानीय तहमा आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्ता खुलाएको थियो ।