सुन, चाँदी, मोती तथा बहुमूल्य रत्न जडीत श्रीपेच र राजदण्ड पूर्वराजा ज्ञानेन्द्र शाहलाई उपहार — OSNepal

सुन, चाँदी, मोती तथा बहुमूल्य रत्न जडीत श्रीपेच र राजदण्ड पूर्वराजा ज्ञानेन्द्र शाहलाई उपहार

LC (KTM) April 25, 2022 0

काठमाडौं १२ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहलाई श्रीपेच र राजदण्ड उपहार दिइएको छ ।

सुनसरी जिल्लाको इटहरी स्थित नेपाली गहनाको डिजाइन तथा सुनचाँदी व्यवसाय गर्दै आएका कर्णबहादुर विश्वकर्माले पूर्वराजा ज्ञानेन्द्रलाई आफैंले बनाएको श्रीपेच र राजदण्ड उपहार दिएका हुन् ।

आइतबार विश्वकर्माले झापाको चन्द्रगढी विमानस्थलमा पूर्वराजालाई सो उपहार दिएका हुन् ।

कोरोना संक्रमणको समयमा भएको लकडाउनमा उनले ३ महिना लगाएर सुन, चाँदी, मोती तथा बहुमूल्य रत्न लगायत जडान गरी श्रीपेच र राजदण्ड बनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर