मञ्जुदेवीको गुनासो : पार्टीले मेरो इच्छाबेगर नै उपमेयरमा नाम सिफारिस गर्यो, मलाई जनप्रतिनिधिका रुपमा दोहोरिन इच्छा थिएन — OSNepal

मञ्जुदेवीको गुनासो : पार्टीले मेरो इच्छाबेगर नै उपमेयरमा नाम सिफारिस गर्यो, मलाई जनप्रतिनिधिका रुपमा दोहोरिन इच्छा थिएन

LC (KTM) April 25, 2022 0

पोखरा १२ वैशाख । नेकपा एमालेले पोखरा महानगरपालिकाको उपप्रमुखमा मञ्जुदेवी गुरुङको नाम सिफारिस गरेको छ । तर नेत्रृ गुरुङले आफूलाई जनप्रतिनिधिका रुपमा दोहोरिन इच्छा नभएको स्पष्ट पारेकी छन् ।

आफ्नो इच्छा बेगर नै पार्टीले महानगरपालिकाको उपप्रमुखमा आफ्नो नाम सिफारिस गरेको भन्दै उनले गुनासो पोखेकी छन् ।

तर एमालेको सोमबार बसेको बैठकले पोखराको मेयरमा कृष्ण थापालाई र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

आफु उपमेयर भएर पाँच वर्ष काम गरेको कार्यवाहक बनेर पनि काम गर्ने अवसर प्राप्त भएको बताएकी उनले अब नयाँ पालो पाउनु पर्ने भन्दै पार्टीको निणर्य प्रति गुनासो पोखेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर