चितवन १२ वैशाख । सत्ता गठवन्धनको सहमति अनुसार नेकपा माओवादी केन्द्रले पाएको भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो पटक पनि अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहालको नाम सिफारिस गरिएको छ ।
नेत्रृ दाहालले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेता तथा कार्य कर्ताको साथमा आफ्नो मनोनयन दर्ता गरेकी हुन् ।
भरतपुर आफैले पाउनुपर्छ भन्दै आएका प्रचण्डले अन्तत मेयरमा आफ्नै छोरीलाई दोहोर्याउन सफल भएका छन् ।