आफन्तलाई नियुक्त नगर्ने भन्दै घोषणा पत्रमा उल्लेख गरेको २४ घण्टा वित्न नपाई कांग्रेसले दियो विरासतलाई नै निरन्तरता — OSNepal

आफन्तलाई नियुक्त नगर्ने भन्दै घोषणा पत्रमा उल्लेख गरेको २४ घण्टा वित्न नपाई कांग्रेसले दियो विरासतलाई नै निरन्तरता

LC (KTM) April 25, 2022 0

काठमाडौ १२ वैशाख । नेपाली कांग्रेसले आइतबार मात्र स्थानीय तह निर्वाचनको लागि निर्वाचन घोषणा पत्र सार्वजनिक गरेको थियो । जसमा आफन्तलाई नियुक्त नगर्ने भनेर स्पष्ट लेखिएको थियो ।

तर, घोषणा पत्र सार्वजनिक भएको २४ घण्टा वित्न नपाई कांग्रेसले आफ्नो विरसतलाई निरन्तरता दिएको छ । सत्ता गठवन्धनको सहमति अनुसार कांग्रेसले काठमाडौं , ललितपुर र विराटनगर महानगरको नेतृत्व गर्न पाएको थियो ।

आज मनोनय दर्ता अन्तिम दिन कांग्रेसले विराटनगरमा कांग्रेस परिवारकै नागेश कोइरा लाई मेयरको उम्मेद वारी बनाउने निणर्य गरेको छ । नागशेको लागि नेताद्धय शेरखर र शंशाक कोइरालाले लविग गर्दैै आएका थिए ।

यता काठमाडौंमा पनि नेता प्रकाश मान सिंहकी पत्नी र्सिजना सिंहलाई मेयरको टिक दिने नि णर्य भएको छ । आइतबार घोषणा पत्र सार्वजनिक गर्दै कांग्रेसले आफन्त नातागोतालाई नियुक्त नगर्ने भने र स्पष्ट भनेको थियो ।

साथै, ललितपुरको मेयर भने वर्तमान ललितपुरका मेयर चिरिबाबु महर्जनलाई निरन्तरता दिने कांग्रेसले निणर्य गरेको छ । आइतबार बसेको संसदीय समितिको बैठकले उम्मेदवार छान्ने जिम्मा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर