काठमाडौं १२ वैशाख । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट पूर्व मेयर केशव स्थापितले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उपमेयरमा पनि सुनिता डंगोलले उम्मेदवारी दर्ता गराएकी छन् ।
रत्नपार्क स्थित शान्तिवाटिकाबाट जुलुससहित राष्ट्रिय सभा गृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेले आफ्नो पार्टीको तर्फबाट मेयर र उपमेयरको उम्मेदवारी दर्ता गराएको हो ।
त्यस्तै उपमेयरकी उम्मेदवार डंगोल सन् २०११ की मिस नेवा हुन् ।