काठमाडौ १२ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेकपा एकीकृत समाजवादी पार्टीले महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारको नाम टुंग्याएको छ ।
नेकपा एसले पाएको पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यको नाम सिफारिस गरेको छ । त्यसैगरी, काठमाडौं महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठको नाम चयन गरेको छ ।
उम्मेदवारको मनोनयन दर्ता निर्वाचन आयोगले आज साँझ ५ बजे सम्मको समय दिएको छ । हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा मिना लामालाई उमेद्वार बनाउने नेकपा एसले निणर्य गरेको छ ।
त्यसैगरी, इटहरी उपमहानगरपालिकाको उपमेयरमा केशवकुमार विष्टको नाम चयन भएको छ । बुटबल उपमहानगरपालिकाको उपमेयरमा चिनबहादुर गुरुङ , तुल्सीपुर उपमहानगरपालिकाको उपमेयरमा जोगबहादुर राना मगरको नाम चयन भएको छ ।
महासचिव बेदुराम भुसालले जारी गरेको विज्ञप्तीमा पार्टीको तर्फबाट उमेद्वारी दिएका सबैले कलम चिन्ह लिएर प्रतिस्पर्धा गर्ने बताइएको छ ।