काठमाडौ ११ वैशाख । एकिकृत समाजवादीले नेतृत्व पाएको पोखरा महानगरपालिमा मनोनयन दर्ता पहिलो दिनमै ११ जनाले मेयरको उम्मेदवारी दर्ता गराएका छन् । जसमा गठ वन्धनबाट र एमालेबाट कसैको पनि उम्मेदवारी परेको छैन । स्वतन्त्रबा छ ६ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
खड्कराज पौडेल (गनेश), किशानसिंह गुरुङ, नवराज बाँस्तोला, विमलबहादुर कार्की, रामराज अधिकारी र डिलबहादुर गुरुङले उम्मेद्वारी दर्ता गरेका मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गोविन्द गुरुङ, नेपाल जनता दलबाट मुक्तिराम सुवेदी, मौलिक जरोकीलो पार्टीका संजय तिमिल्सिना, मंगोल नेशनल अर्गनाइजेशनबाट प्रेमप्रसाद गुरुङ र सचेत नेपाली पार्टीबाट भोजराज खनालले मनोनयन दर्ता गराएका छन् ।
गठवन्धमा भने कांग्रेसका ने ताह रुले नेकपा एसलाई पोखार महानगर पालिका दिएको भन्दै असह मति जनाउँदै आएको छ ।
यस्तै, उपमेयरमा ४ जनाले नाम दर्ता गरेका छन् ।