काठमाडौं ११ वैशाख । स्थानीय तह निर्वाचनको लागि आज उम्मेदवारको पहिलो दिन काठमाडौं महानगरपालिकाको मेयरमा १६ जना र उपमेयरमा १७ जनाको उम्मेदवारी परेको छ ।
आइतबार पहिलो पटक काठमाडौंको मेयरका लागि उम्मेदवारी दर्ता गर्ने राष्ट्रिय यथार्थवादी पार्टी नेपालका महासचिव आनन्द राज जोशी रहेका थिए ।
भोली साँझ पाँच बजे सम्म उम्मेदवारी दर्ताको समय रहेको छ । त्यसैगरी, विभिन्न वडाको वडाध्यक्षमा २३ जना र वडा सदस्यमा ८ जनाको उम्मेदवारी परेको छ ।
काठमाडौंको मेयरमा उम्मेदवार दर्ता गराउने हरुमा काठमाडौं नं।१४ का रविकान्त मानन्धर,काठमाडौं १६ निवासी राजन कार्की, विेकशील साझा पार्टीका तर्फबाट समीक्षा बाँस्कोटा , र्यापर बालेन शाह (बालेन) स्वतन्त्र उम्मेदवार ,आधुनिक नेपाल समाजवादी पार्टीका तर्फबाट काठमाडौं २४ का सुरेशरत्न बज्राचार्य रहेका छन् ।
त्यसैगरी, नेपाल समावेशी पार्टीका तर्फबाट काठमाडौं २४ का ७० रामबहादुर खड्का,मंगोल नेशनल अर्गनाइजेशन पार्टीको तर्फबाट काठमाडौं ९ का सीता तामाङ,मौलिक जरोकिलो पार्टीको तर्फबाट काठमाडौं ९ का मनोजराज आचार्य ,ज्ञानु लामा तामाङ स्वतन्त्र उम्मेदवारी ,उपत्यका सडक बिस्तार पीडित संघर्ष समितिका संयोजक सुमन सायमी रहेका छन् ।
साथै , काठमाडौं-१५ की निवासी अमोट महर्जन,काठमाडौंको मेयरमा विपिनराज वैद्य, सूर्य थापाश्रेष्ठ (महिला), डिल्लीराम राजभण्डारी र जेठा महर्जनको मेयरमा उम्मेदवारी परेको छ ।
त्यसैगरी, उपमेयरमा पनि विवेकशील साझा पार्टीका कीर्ति तुलाधरको लगायत १७ जनाको उम्मेदवारी परेको छ ।