बुटवल ११ वैशाख । बुटवलस्थित शिवनगर सामुदायिक जंगलमा एक दम्पति मृत अवस्थामा फेला परेका छन् ।
मृत अवस्थामा शव फेला पर्नेमा बुटवल उपमहानगरपालिका वडा नं.११ का ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ रहेका इलाका प्रहरी कार्यालयले जनाएको छ ।
गत वैशाख ६ गते आफन्त भेट्न भन्दै घरबाट निस्किएका श्रेष्ठ दम्पति घर नफर्किएपछि खोजी गर्ने क्रममा दम्पतिको शव उक्त जंगलमा फेला परेको हो ।
प्रहरीले शव नजिकै शिशाका बोत्तल, रक्सीलगायतका वस्तु फेला परेको जनाएको छ ।
मृतकका छोराहरू वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका छन् ।
निज मृतक दम्पति भने छोरी तथा बुहारीसँग बस्दै आएको प्ररहीले जनाएको छ ।