विराटनगर ११ वैशाख । एमालेबाट विराटनगर महानगरपालिकामा मेयरको आकांक्षी नेताहरु थपिएका छन् ।
धेरै आकांक्षी भएपछि उम्मेदवा।र छनौ ट गर्न सकस भएको एमालेमा फेरि आकांक्षी थपिएका छन् ।
पूर्वमन्त्री लालबाबु पण्डित, पूर्व प्रदेशमन्त्री जीवन घिमिरे र बुरु बरालको मेयरको आकांक्षीमा थपिएको बताइएको छ । विराटनगर महानगर कमिटीले भने अन्य पाँच जनाको नाम सिफारिस गरेको थियो ।
केन्द्रीय कमिटी भने महानगर अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, मोरङ उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस गरिएको थियो ।