प्रचण्ड, शेरबहादुर र रेणुलाई चुनौती दिँदै भरतपुर महानगरमा यी काँग्रेसी नेताले दिए मेयरमा उम्मेदवारी — OSNepal

प्रचण्ड, शेरबहादुर र रेणुलाई चुनौती दिँदै भरतपुर महानगरमा यी काँग्रेसी नेताले दिए मेयरमा उम्मेदवारी

LC (KTM) April 24, 2022 0

चितवन । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा भरतपुर महानगरपालिकाको मेयरको पदमा धेरैको नजर परेको छ ।

प्रचण्डपुत्री रेणु दाहालले नै दोस्रो पटकका लागि इच्छ्या देखाएपछि अहिले उक्त महानगरमा धेरैको चासो बढेका बेला पूर्वसांसद जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेसका असन्तुष्ट कार्यकर्ताको भेलामा पौडेलले मेयरमा उम्मेदवारी दिने घोषणा गरेसँगै भरतपुर फेरी एक पटक गर्माएको छ ।

जिल्ला पार्टी कार्यालयमा सम्पन्न भेलामा पौडेललाई उम्मेदवार बन्न महासमिति सदस्य मीना खरेलले प्रस्ताव र पूर्वसांसद भीमबहादुर श्रेष्ठले समर्थन गरेका छन्। पौडेलले सोमबार मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।

भरतपुर महानगरको मेयर पद माओवादी केन्द्रलाई दिने निर्णयसँगै काँग्रेसीहरु विरोधमा उत्रिएका छन् । हालसम्म भरतपुरको मेयर पदमा करिब १ दर्जनको उम्मेदवारी परेको छ ।

यो पनि : धनगढी मेयरमा स्वतन्त्र उम्मेदवार हमालले गरे मनोनयन दर्ता : धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यवसायी गोपाल हमालले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी मनोनयन दर्ता गराउँदै हमालले धनगढीको विकासलाई नयाँ उचाइमा पुर्‍याउनु आफ्नो लक्ष्य रहेको बताए । उनले राजनीतिक दलहरूलाई विकासभन्दा पनि राज्यको स्राेत साधनको दुरुपयोग गर्दै बाँडिचुँडी खाने प्रवृत्ति रहेको भन्दै त्यसलाई निरुत्साहित गर्न पनि आफूले उम्मेदवारी दिएको बताए । आफूले जितेमा धनगढीलाई मोडेल सहरका रूपमा चिनाएर देखाउने उनले बताए ।

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि व्यवसायी हमालले धनगढीको मेयरमा साझा पार्टीबाट उम्मेदवारी दिएका थिए । तर उनी नृपबहादुर वडसँग २७ सय मतअन्तरले पराजित बनेका थिए । हमालसँगै विभिन्न वडाबाट पनि वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गाराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर