काठमाडौ ११ वैशाख । स्थानीय तहको निर्वाचनको लागि महानगर र उपमहानगरको उम्मेदवार छनोट गर्ने जिम्मा नेपाली कांंग्रेसले पार्टीका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मा दिएको छ ।
आइतबार पार्टी केन्द्रिय कार्या लय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले देउवालाई उम्मेदवार टुंगो लगाउने जिम्मेवारी दिएको हो ।
त्यसैगरी, बैठकलेमहानगरको टिकट वितरणका लागि १४ सदस्यीय संसदीय समिति गठन समेत गरेको छ ।
सत्ता गठवन्धनको सहमति अनुसार कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर महानगरमा मेयर पाएको छ ।