धनगढी १ वैशाख । कैलाली जिल्लाको कैलारी गाउँपालिका–७ को रामपुरमा रहेको विपतपुर मुक्त कमैया शिविरमा भीषण आगलागी भएको छ ।
आगो लागिबाट करिब दर्जन बढी घर जलेर नष्ट भएको सीमा प्रहरी चौकी रामपुरले जनाएको छ । एक स्थानीयले गहुँको नल बाल्न लगाइएको आगो हावाको कारण शिविरमा फैलिएको प्रहरीले जनाएको छ ।
हावाहुरी चलेका कारण आगो निभाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।
दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहे को प्रहरीले जनाएको छ ।
आगो लागिबाट भएको क्षतिको विवरण भने यकिन नभएको प्रहरीले जनाएको छ । साथै मानविय क्षतिबारे पनि यकिन नभएको प्रहरीले जनाएको छ ।
८० घर भएको उक्त शिविरमा आगो नियन्त्रणमा आइनसकेका कारण के कति क्षति भयो त्यस को जानकारी नआएको प्रहरीले जनाएको छ ।