ललितपुर ११ वैशाख । ८१ वर्षीय नरसिंह व्यञ्जनकारले ललितपुर महानगरपालिकाको लागि वडाध्यक्षमा उम्मेद्वारी दर्ता गराएका छन् ।
१० पटकसम्म वडाध्यक्ष जितेका व्यञ्जनकारले स्वतन्त्रबाट ललितपुर महानगरपालिका वडा नं. १० को वडाध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
स्थानीय बासिन्दाकै आग्रहमा आफु फेरि चुनाव लड्न लागेको उनले बताएका छन् ।
उनले पहिलो पटक २०२९ सालमा दरबार निकट मानिने देवेन्द्रलाल अमात्यलाई हराएर वडाध्यक्षको नेतृत्व गरेका थिए ।