काठमाडौ ११ वैशाख । वैशाख ३० गते हुने स्थानीयत तह निवार्चनको लागि काठमाडौँ महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
आइतबार मनोनय दर्ता अगावै बालेनले आफ्नो २८ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका हुन् । उनले आफ्नो प्रतिबद्धता पत्रमा डिजितल सरकार देखि प्रत्येक वडामा योग्य चिकित्सक, नर्सिङ प्रोफेसनल, फार्मासिस्ट र नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याब सहितको स्वास्थ्य क्लिनिक सुरवत गरिने उल्लेख गरेका छन् ।
हप्तामा एक दिन सामुदायिक विद्यालय यमा सीप, उद्यमशिलता खेलकुद, संगीत, किा तथा नेतृत्व विकासका लागि प्रशिक्षण व्यवस्था गरिने समेत उल्लेख गरिएको छ ।
सुरक्षाका लागि सबै सार्वजनिक सवारी साधनमा सीसीटीभी जडान अनिवार्य गरिने तथा ७० व र्ष भन्दा बढीका वृद्ध वृद्धाहरुको स्वास्थ्य परिक्षण घर मै निशुल्क गरिने व्यवस्था गरिने छ ।
निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट गरिने छ ।