सरकारको प्रवक्ताको जिम्मेवारी नैनकला थापालाई — OSNepal

सरकारको प्रवक्ताको जिम्मेवारी नैनकला थापालाई

LC (KTM) June 11, 2021 0

काठमाडौँ-सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

सरकारले प्रायः सञ्चारमन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिने गरेको छ । थापा  सञ्चारमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रधानमन्त्री ओलीले   सात मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर