दाङको एक मस्जिदमा नमाज पढिरहेकाहरुमाथि अज्ञात समूहको आक्रमण, आठ जना घाइते — OSNepal

दाङको एक मस्जिदमा नमाज पढिरहेकाहरुमाथि अज्ञात समूहको आक्रमण, आठ जना घाइते

LC (KTM) April 22, 2022 0

दाङ ९ वैशाख । दाङको लमहीमा रहेको सुनन्त फैजाने रजा मस्जिदमा आक्रमण भएको छ । आक्रमणमा परी नमाज पढिरहेका ८ जना घाइते भएका छन् । आठ जना घाइते मध्ये एक जनाको अवस्था मा भने गम्भिर रहेको प्रहरीले जनाएको छ ।

मस्जिदमा नमाज पढिरहेको बेला बाहिरबाट आएका केही अपरिचित व्यक्तिको समूहले धारिलो हतियार र ईंटा प्रहार गर्दा आठ जान घाइते भएका हुन् । घाइते मध्येमा लमही नगरपालिका-५ का ६४ वर्षीय गुठे कुरेसी गम्भीर घाइते भएका छन् । उनको टाउको गहिरो चोट लागेको छ ।

अन्य घाइते हुनेमा ४२ वर्षीय मोहम्मद याकदिन अली, ३३ वर्षीय अरसद अली, सवविर अली, ५२ वर्षीय मोहम्मद कासिम, २९ वर्षीय सकिल अली,६५ वर्षीय दिल मोहम्मद मियाँ, र २५ वर्षीय कमाल अली रहेका छन् ।

उनीहरुमध्ये चारको जनाको लमही अस्पताल र अन्य चार जनाको जानकी मेडिकलमा उपचार भइरहेको प्रहरीले ज नाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर