काठमाडौ ९ वैशाख । वैशाख ३०ं गते हुने स्थानीय तह निर्वाचनको लागि नेकपा एमालेले घोषणा पत्र सार्वजनिक गरेको छ ।
जारी घोषणापत्रमा एमालले ६ वटा संकल्प समेत गरेको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा एमालेले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको हो ।
उक्त घोषणा पत्रमा एमालेले आफ्ना जनप्रतिनिधि शासन होइन, जनताका सेवक हुने उल्लेख गरेको छ । यस्ता छन् , एमालेका ६ वटा संकल्प
१.हाम्रा जनप्रतिनिधि शासन होइन, जनताका सेवक हुनेछन् ।
२.हाम्रा जनप्रतिनिधि शासन होइन, जनताका सेवक हुनेछन्।
३. हाम्रा जनप्रतिनिधिहरु सामाजिक जागरण र विकासका अभियान्ता हुनेछन् ।
४· हाम्रो नेतृत्पवमा रहेका पालिकाहरु सुशासनका नमुना बन्ने छन्।
५· हाम्रा जनप्रतिनिधिहरुले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाईका साथ भ्रष्टाचार नियन्त्रण गर्ने छन् ।
६· हाम्रा जनप्रतिनिधिहरुले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरुलाई कानुनी कारबाहीमा दायरामा पुर्याउन अग्रण भूमिका खेल्नेछन् ।