काठमाडौ ९ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थानीय तह निर्वाचनको लागि निर्वाचन घोषणा पत्र सार्वजनिक गरेको छ ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्र पढेर सुनाएका हुन् ।
एमालेको सार्वजनिक गरेको घोषणा पत्रमा हाम्रा जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासकाअभियन्ता भएको बताएको छ ।
जारी गरेको घोषणा पत्रमार्फत एालेले यस्तो संकल्प समेत गरेको छ । हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुनेछन् , हाम्रो नेततृ्वमा रहेका पालिकाहरू सु शासनमा नमनूा बन्ने छन्।हाम्रा जनप्रतिनिधिहरूले सदाचारमा दृष्टान्त स्थापित गर्नेछन्।हाम्रा जनप्रतिनिधिहरूले आफूले कुनै भ्रष्टाचार गर्नेछैनन् ।
कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछन्।हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कार्बाहीको दायरामा पुऱपु्याउन अग्रणी भमिू का खेल्ने छन्।