माओवादी केन्द्रले टुंगायो महानगर उपमहानगरमा मेयरको नाम — OSNepal

माओवादी केन्द्रले टुंगायो महानगर उपमहानगरमा मेयरको नाम

LC (KTM) April 22, 2022 0

काठमाडौ ९ वैशाख । सत्ता गठवन्धन दलको माओवादी केन्द्रले महानगर र उपमहानगरपालिकाको प्रमुख नेतृत्वको नाम टुंगो लगाएको छ ।

माओवादीले आफुले भरतपुर महानगरपालिका पाउने भएसँगै उपमहानगरपालिका जितपुर सिमरामा राजन पौडेल र घोराहीमा हेमराज शर्मालाई मेयरका लागि सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले दिएको जानकारी अनुसार जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका नाम केन्द्रीय कार्यालयको विस्तारित बैठकले टुंगो लगाउने छ ।

त्यसैगरी, आज बसेको नगर समितिको बैठकले ललितपुरको उपमेयरमा पनि बाबुराम बज्राचार्यको नाम सिफारिस गरिसकेको छ । भरतपुरको मेयरमा भने प्रचण्ड पत्री रेण दाहाल पनि मेयरको दावेदार हुन् ।

यही वैशाख ३० गते देशभर एकैचरणमा स्थानीय तह निर्वाचन हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर