काठमाडौ ९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठलाई सिफारिस गरिएको छ ।
बिहिबार बसेको महानगर समितिको बैठकले कलाकार श्रेष्ठको नाम सिफारिस गरेको हो ।
त्यसैगरी, ललितपुर महानगरपालिकामा भने दुई दावेदार देखिएका छन् । जिल्ला अध्यक्ष अष्ट महर्जन र माओवादी केन्द्र छोडेर राप्रपामा प्रवेश गरेकी हसिना शाक्यले मेयरको पदको दावेदारी हुन् ।
त्यसैगरी , बुटबल उपमहानगरपालिकाको मेयरमा भने मृगेन्द्र शेरचनको नाम सिफारिस गरिएको छ ।