काठमाडौ ९ वैशाख । काठमाडौँ ताकेश्वर नगरपालिकाकी एक मात्र महिला मेयरको दावेदार हुन् जमुना तिमल्सिना । उनले मेयर पद पुरुषको लागि मात्र नभई महिलाको लागि पनि हो भन्दै तारकेश्वर नगरपालिकाबाट सबै महिलाको प्रतिनिधित्व गर्दै पहिलो पटक महिला मेयरमा दावेदावर प्रस्तुत् गरेकी हुन् ।
१३ वर्ष शिक्षक पेशामा आवद्ध भएर नेपाली राजनीतिमा क्रियाशील भइ हरेक महिलाको मुद्धालाई प्राथमिकताका साथ बुलन्द आवाजले समाधान गर्न तिर अग्रसर जमुना तिमल्सिनाको यो दावेदारलाई ताकेश्वर नगरवासीले खुलेर प्रशंसा गरेका छन् ।
यति सम्मकी मेयर कै दावेदार अन्य पाँच जना पुरुषले समेत उनको खुलेर प्रशंसा गरेका छन् । ‘गएको २०७४ सालमा पनि कुनै महिला दिदिबहिनीले पनि मेयर दावी गरेन् र अहिले पनि दावी गरिएन, भने अब पछि आउने हाम्रा दिदिबहिनीले मेयर पद महिलाको लागि नभइ पुरुषको लागि मात्र रहेछ महिलाको लागि महिला सदस्य , उमपेयर मात्र रहेछ भन्ने सोचलाई बदल्न मैले मेयरमा दावी गरेकी हुँ ‘ उनले ओएस नेपालसँगको कुराकानीमा भनिन् ।
आफुले महिलाको लागि पनि मेयर पद हो भन्नको लागि फोरम खोलेको बताएकी एक मात्र महिला दावेदार उनले आफु कांग्रेसको मात्र नभई ताकेश्वरको प्रतिनिधित्व भएर जाने भएकाले आफुले राम्रो कामको प्रोत्साहन गर्ने बोलेर भन्दा पनि आफु काम गरेर देखाउने अठोड लिएकी छन् । उनले अन्य नगरपालिकाको तुलनामा तारकेश्वर नगरलाई नमुना नगर बनाउने बताएकी छन् ।
महिला मेयर भएर आएपछि ताकेश्वर नगर पालिका परिर्वतन भयो है भन्ने सन्देश अन्य नगरलाई दिने उनले ओस नेपाललाई बताएकी छन् । साथै उनले आफुमा मेयर भएर गर्न सक्ने आँट, सहास, धैर्य र अनुशान भएको दावी गर्दै पुरुष मेयर भएर गर्ने काम भन्दा फरक तरिकाले काम गरेर ताकेश्वरलाई नमुना नगर बनाउने बताएकी छन् ।
अन्य मेयरको दावेदारमा भने पाँच जना पुरुष रहेका छन् । जसमा नेपाली काँग्रेस तारकेश्वर नगरपालिकाका पूर्वनगर सभापति श्रीराम थापा मेयरका दावेदार रहेका छन् ।
इच्छाराम कार्की (महाधिवेशन प्रतिनिधि)जनतामा आफू लोकप्रिय भएको र एमालेलाई पराजित गर्न सक्ने क्षमता आफुमा भएको भन्दै उनले मेयरमा दावेदार गरेका छन् ।
कृष्णहरी मर्हजन (नगर सभापति)तारकेश्वर नगरको बर्तमान सभापति मर्हजनले आफु नगर सभापति भएका कारण पनि आफूको दाबी स्वभाविक रहेको बताएका छन् ।
त्यसैगरी, मेयरमा दावेदार अन्यमा भने मनोहरि तिवारी र इन्द्रमान मर्हजनको नाम चर्चामा रहेको छ ।
पाचँ जना पुरुष मेयरको दावेदार रहेको तारकेश्वर नगरपालिकामा पहिलो पटक महिला मेयरको दावेदार जमुना तिमल्सिनाले आफु मेयर भएपछि पुरुष मेयर भएको भन्दा फरक शैलीमा काम गरेर ताकेश्वर नगरलाई नमुना नगर बनाउने दावी गरेकी छन् । उनको दावेदारलाई तारकेश्वर नगर वासीले समेत खुलेर प्रशसा गरेका छन् ।