विजय रावत / जुम्ला,८ वैशाख – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र तिला गाउँपालिकाको वडा कमिटीले आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागी
तिला गाउँपालिकाको –१ को वडाध्यक्षमा जगंबहादुर बस्नेतलाई सर्वसम्मत चयन गरेको छ । वडा सदस्य भने सर्वसम्मत चयन हुने नसकेको वडा कमिटीका सचिव रामबहादुर बुढाले जानकारी दिनुभयो ।
वडाध्यक्षमा सिफारिस हुनुभएका बस्नेत हाल माओवादी केन्द्र जिल्ला समन्वय समितिका सदस्य हुनुहुन्छ । जनयुद्धकालदेखी पार्टीको राजनीतिमा समेत उत्तिकै सक्रिय हुनुहुन्छ ।
वडाध्यक्षमा सिफारिस गरेकामा बस्नेतले वडा कमिटीप्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“ सर्वसम्मत वडाध्यक्षको निर्णय गरेकामा कमिटीप्रति आभारी छु । वडाका जनताको हितमा सदैव लाग्ने र जनसेवा र जनचाहाना अनुसार काममा मेरो प्रतिवद्धता रहेको जानकारी दिनुभयो । ”