काठमाडौं ८ वैशाख । नेपाली कांग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ ।
बैठक ललितपुर स्थित केन्द्रिय कार्यालय सानेपामा बस्ने भएको हो । दिउँसो २ बजे बस्ने बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई सहभागी हुन आग्रह गरिएको छ ।
सो बैठकमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको उम्मेदवारी सम्बन्धमा छलफल हुने बताइएको छ ।