बागलुङ -लोकगायक विष्णु खत्री माओवादीबाट गलकोटको मेयर उम्मेद्वारमा सिफारिस भएका छन् । खत्रीलाई गलकोट नगरपालिकाको मेयरको उम्मेदवारमा सिफारिस गरेको हो । नेकपा ९माओवादी केन्द्र० गलकोट नगरसमितिका उपाध्यक्ष समेत रहेका खत्री सँगै ६ जनालाई नगरकोटलेमेयरको उम्मेद्वारका लागि सिफारिस गरेको हो ।
जसमा गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे ‘अनिल’, प्रदेश सदस्य फमलाल न्यूरे, प्रदेश सदस्य चन्द्रबहादुर थापा ‘शिखर’, गलकोट नगर कमिटी अध्यक्ष तिलक उप्रेती र नगर कमिटी उपाध्यक्ष गंगा भुजेल रहेका छन् । त्यस्तै उपमेयरमा नगर कमिटी उपाध्यक्ष ललित श्रीष, नगर कमिटी सचिव चन्द्रदक्त रेग्मी, नगर कमिटी कोषाध्यक्ष कौषिला घर्ती र नगर कमिटी सदस्य ललिता थापालाई सिफारिस गरेको छ ।