काठमाडौ ७ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले नातावाद कृपावाद स्वीकार गर्न नसक्ने स्पष्ट पारेका छन् ।
बुधबा र काठमाडौमा आयोजित ‘युवासँग म’ अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘एमालेमा नो नेपोटजिम, नो फेबरिजम, मेरो नजरमा सबै युवाहरु सबै बालबालिका छोराछोरी हुन्’ ओलीले भने ।
एमालेलाई खरिद गर्न सम्भव नभएको बताएका उनले एमालेले ‘गणेश प्रवृत्ति’लाई स्वीकार नगर्ने स्पष्ट पारेका छन् ।