काठमाडौं ७ वैशाख । निलम्बित भएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज बुधबार देखि काममा फर्किएका छन् ।
सरकारले निलम्बित गरेपछि सर्वोच्च अदालतमा रिट लायर गरेका अधिकारीको रिट माथि सुनुवाई गर्दै सर्वोच्चले काम गर्नबाट नरोक्न अन्तरिम आदेश दिएसँगै गभर्नर अधिकारी काममा फर्किएका हुन् ।
काममा फर्किएका गर्भनर अधिकारी राष्ट्र बैंकमा हाजिर हुन पुग्दा अधिकारीलाई कर्मचारीहरुले स्वागत गर्नुको साथै स्वायत्त संस्थामा सरकारले हस्तक्षेप गरेको भन्दै कर्मचारीले विरोध समेत जनाएका थिए ।
अधिकारीले अदालतले अन्तिम फैसलामा पनि न्याय दिनेमा विश्वास रहेको बताउँदै व्यवसायिक ढंगले काम गर्ने र पूर्वाग्रह नराख्ने बताएका छन् ।