वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिका-२३ मा नेकपा ९एमाले०का दुई पक्षबीच झडप हुँदा वडा अध्यक्ष असलम देवान घाइते भएका छन् ।
बाटोको विषयमा विवाद हुँदा वडा अध्यक्ष देवान र वडा अध्यक्षका प्रत्यासी मुस्तकिम अन्सारी पक्षबीच झडप हुँदा वडा अध्यक्ष देवानसहित ६ जना घाइते भएका छन् ।
भने यता मुस्तकिम पक्षका चाँद महम्मद, अनु आरुल महम्मद र मुस्ताक अन्सारी पनि घाइते भएका छन् । घाइते देवान पक्षकादेवान, नासिर र नाजिर देवानको
नारायणी बयोधा अस्पतालमा उपचार प्रहरीले भइरहेको छ । घाइते मुस्तकिम पक्षका चाँद महम्मद, अनु आरुल महम्मद र मुस्ताक अन्सारीको वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटना संलग्न रहेको आरोपमा प्रहरीले तिन जनालाई भने पक्राउ गरेको छ । झडपमा वडा अध्यक्ष देवानको भने घाँटी, छाती र ढाडमा चोट लागेको छ ।