आज पनि मूल्य बढ्यो अमेरिकी डलरको, हेर्नुहोस कुन देशको कति ? — OSNepal

आज पनि मूल्य बढ्यो अमेरिकी डलरको, हेर्नुहोस कुन देशको कति ?

LC (KTM) April 20, 2022 0

काठमाडौं।आज बुधबार पनि अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ एकको खरिद दर अधिकतम १२२ रुपैयाँ १२ पैसा र बिक्री दर १२२ रुपैयाँ ७२ पैसा रहेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ७२ पैसा र बिक्री दर १२२ रुपैयाँ ३२ पैसा रहेको थियो । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ पैयाँ र बिक्री दर १५९ रुपैयाँ ७८ पैसा छ।

स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर १२९ रुपैयाँ ५७ रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ९९ पैसा र बिक्री दर ९० रुपैयाँ ४३ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ४६ पैसा छ।जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ५२ पैसा र बिक्री दर ९ रुपैयाँ ५७ पैसा छ ।

युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ ८२ पैसा र बिक्री दर १३२ रुपैयाँ ४६ पैसा छ । कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४२ पैसा र बिक्री दर ३३ रुपैयाँ ५९ पैसा रहेको छ भने साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ५७ पैसा र बिक्री दर ३२ रुपैयाँ ७३ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८६ पैसा र बिक्री दर ९ रुपैयाँ ९१ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर