काठमाडौ ६ वैशाख । नेपाली कांग्रेसका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यस पटक पनि आफुले मेयरको टिकट पाउने दावी गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकारहरुसँग बोल्दै नेता मर्हजनले आफु गठबन्धनले गरेको भागबण्डा मान्ने बताउँदै यस्तो दावी गरेका हुन् ।
ललितपुर महानगरको मेयर र उपमेर आफूहरूले राख्ने दावी गरेका उनले कांग्रेसले जितेको १० वटा वडाहरू आफुहरुले नै राख्ने बताएका छन् ।
साथै, बाँकी रहेको १९ वडामा पनि आफुहरुले दावी गर्ने भागवण्डा गर्दा कांग्रेसलाई ५० प्रतिशत पुग्नु पर्ने उनको तर्क रहेको छ ।
‘गठबन्धन गर्दै गर्दा केन्द्रको निर्णय मान्नु पर्छ र हामी मान्छौँ, ललितपुर हामी छोड्दैनौँ, हामीले त जितेको ठाउँ हो नि त, छोड्ने भन्ने त प्रश्नै आउँदैन,मेयर र उपमेयर हामी राख्छौँ, २९ वडामा १९ वडा भागबण्डा गर्छौं, १० वडा हामी नै राख्छौँ, भागबण्डा गर्दा हामी घटीमा ५० प्रतिशत लिन्छौँ, मैले पाउँछु फरकै पर्दैन, जितेको मेयर मै हुँ, जित्ने पनि मै हुँ, गठबन्धनमा जे निर्णय हुन्छ हामी अक्षरश पालना गर्छौं ।’ उनले भने।
यस पटक पनि आफु ललितपुरको मेयरको उम्मेदवार बन्ने बताएका छन् ।