काठमाडौं ६ वैशाख । अन्तत सत्ता गठवन्धनदलहरुबिच भागवण्डाको विषयमा सहमति भएको छ ।
आज मंगलबार दिउँसो ३ बजे बालुवाटारमा बसेको गठवन्धनको बैठकले महानगर र उपमहानरको भागवण्डाको टुंग्गो लगाएको हो ।
बैठकले गरेको सहमति अनुसार नेपाली कांग्रेसले तीन महानगर लिने , माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक–एक महानगर लिने सहमति भएको छ ।
जसमा कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर महानगरमा मेयर पाउने भएको छ । त्यसैगरी, पोखरा महानगरपालीको मेयर नेकपा एकीकृत समाजवादीले नै पाएको छ ।
नेकपा माओवादी केन्द्रले भरतपुर महानगर र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरमा मेयर पाउने भएको छ ।