काठमाडौ ६ वैशाख । निर्वाचन आयोगले आचारसंहितामार्फत गरेको राजीनामा दिनुपर्ने प्रवाधान तत्काल कार्यान्वयन नगर्नु भनी सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेज भएको छ ।
मंगलबार न्यायाधीशहरु तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सो अन्तरिम आदेश खारेज गरेको हो ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले उक्तप्रावधान खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
अन्तत: स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनु पर्ने कायम भएको छ ।