काठमाडौं ६ वैशाख । सरकारमा सहभागी रहेको नेकपा एकिकृत समाजवादीले स्थानीय तह निर्वाचन घोषणा पत्र सार्वजनिक गरेको छ ।
मंगलबार काठमाडौंको राष्ट्रिसभा गृहमा आयोजित एक कार्यक्रममार्फत पार्टी अध्यक्ष माधव नेपालले निर्वाचन घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
उक्त घोषणाअ पत्रमा नारा जनमुखी स्थानीय सरकार विकास र समृद्धिको आधार दिइएको उल्लेख गरिएको छ ।
साथै नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौ महिने सरकारको ‘आफ्नो गाउँ आफैं बनाऔं’लगायतका कार्यक्रमलाई समेत घोषणा पत्रमा उल्लेख गरिएको छ ।
सर्वसाधारणलाई २०० युनिटसम्म विजुली निशुल्क दिने घोषणा गर्नुको साथै खानेपानी निशुल्क गर्ने, स्थानीय सरकारको बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य समेत राख्ने घोषणा पत्रमा समेटिएको छ ।