काठमाडौ ६ वैशाख । यही शुक्रबार चार अमेरिकी डेमोक्रेट सांसद र एक प्रतिनिधिसभा सदस्य गरी पाँच जनाको टोली नेपाल आउने भएका छन् ।
नेपाल आउने डेमोक्र्याटिक पार्टीका सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की र तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स रहेका छन् ।
नौ दिने भ्रमणमा निस्केका उनीहरु नेपालसँगै पोल्यान्ड, युएई, भारत र जर्मनी पनि जाने भएका छन् ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले दिएको जानकारी अनुसार वैशाख ९ गते नेपाल आएर ११ गते फर्कने कार्यक्रम तय भएको छ ।