काठमाडौं ६ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तागठवन्धनको शक्ति देखेर एमालेका अध्यक्ष केपी शर्मा ओली हतासमा भएको बताएका छन् ।
मंगलबार नेपाल विद्यार्थी संघको ५३ औं स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रममा नेता पौडेलले गठवन्धनको शक्ति देखेर हतासमा जस्ता शक्तिसँग पनि चुनावी तालमेल गरेको आरोप लगाएका हुन् ।
‘यो गठबन्धन शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि नभइ देशलाई अग्रगामी रुपान्तरणका लागि भएको हो,यही गठबन्धन देखेर केपी ओली हतास भएका छन्। जस्ता शक्तिसँग पनि ओलीले हातोमालो गरिरहेको छन्।’
आयोजित उक्त कार्यक्रममा नेता पौडेलले अध्यक्ष ओलीलाई चाँडै नै लाभ प्राप्ती गर्नेतिर नसोचेर समर्पण, उत्सर्ग र बलिदानको भावना लिएर अघि बढ्नुहोला, दुई दिनमा हतास नहुनुहोला भन्दै सुझाव समेत दिएका छन् ।
सत्तारुढ गठबन्धन भने कुनै पद प्राप्तीका लागि नभई लोकतन्त्र र परिवर्तनबाट प्राप्त उपलब्धी बचाउनको भएको उनको भनाई छ ।