काठमाडौं ६ वैशाख । नेकपा माओवादी केन्द्रका नेताहरुले महानगरमा एकवटामा मात्रै चित्त्त बुझाएर जाने स्थिति सिर्जना भएका कारण आफुहरुलाई क्षतिपुर्ति स्वरुप चारवटा उपमहानगरमा चाहिने भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दबाव दिएका छन् ।
मंगलबार आयोजित पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले प्रचण्डलाई चार वटा उपमहानगरपालिकाको नेतृत्वमा दाबी नछोड्न दवाव दिएका हुन् ।
जवाफमा अध्यक्ष प्रचण्डले आफ्नै शक्तिमा भर पर्न निर्देशन दिएको बुझिएको छ । मुख्य आधार आफ्नो शक्ति भएकाले त्यसमा भर पर्नुपर्ने बताएका उनले मिलेन भने पनि दृढतापूर्वक एक्लै लड्ने बताएका स्रोतको दावी छ ।
महानगरमा भरतपुर मात्रै दाबी गरिरहेको माओवादी केन्द्रले चारवटा उपमहानगरमा पनि दाबी गरेको छ।