दुई दिन मनोनयन दर्ताको लागि दिएको समय प्रति आपत्ती जनाउँदै आएको एमालेलाई आयोगले दियो जवाफ — OSNepal

दुई दिन मनोनयन दर्ताको लागि दिएको समय प्रति आपत्ती जनाउँदै आएको एमालेलाई आयोगले दियो जवाफ

LC (KTM) April 19, 2022 0

काठमाडौं ६ वैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले एकैदिन उम्मेदवारी दर्ता गर्न असहज हुँदा दुई दिनको समय दिइएको स्पष्ट पारेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसारमा कही नभएको नियम नेपाल लागु भएको भन्दै गठवन्धनको किचलो मिलाउन निर्वाचन आयोगले दुई दिन उमेदवारको मनोनयनपत्र दर्ता राखेको भन्दै आयोग प्रति अशन्तुष्टि जनाएका थिए ।

त्यही विषयलाई खण्डन गर्दैै प्रमुख आयुक्त थपलियाले राजनीतिक दलहरूको आग्रहमा नै स्थानीयत तह निर्वाचनको लागि वैशाख ११ र १२ गते उमेदवारको मनोनयनपत्र दर्ता राखिएको बताएका छन् ।

विभिन्न ठाउँमा दलहरूबाट मनोनयनका लागि दुई दिन दिनोस्, बरु प्रचारको समय घटाउनोस् भन्ने आग्रह गरेकाले दुई दिनेको समय दिएका बताएका थपलियाले भने, ‘जस्तो काठमाडौंमा ५०० उमेदवार हुन्छन्, दर्ता गर्ने एउटा कार्यालय । चार–पाँच डेस्क राख्दा पनि सकेनौँ ।प्रचारप्रसारमा १५ दिन दिने गरिएको थियो । त्यसलाई घटाए ११ दिनमा दिने निर्णय गर्‍यौँ’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर