यस पटक सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा — OSNepal

यस पटक सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा

LC (KTM) April 19, 2022 0

काठमाडौ ६ वैशाख । यही वैशाख ३०. गते देशैभर एकै चरणमा सम्पन्न हुने स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको निर्वाचन आयोगले जनाएको छ ।

यस पटक वाग्मती प्रदेशमा ३४ लाख १२ हजार ८६९ जना मतदाता रहेका छन् । यीमध्ये १७ लाख ४ हजार ८९८ पुरुष र १७ लाख ७ हजार ९४२ महिला रहेका छन् । वाग्मती प्रदेशमा मात्र यस पटक १ हजार ७९२ मतदान स्थल र ४ हजार ९५ मतदान केन्द्र रहने भएका छन् ।

यसैगरी ,कर्णाली प्रदेशमा ५ लाख ६ हजार १८० पुरुष, ४ लाख ९५ हजार ९९ महिला र ३ जना अन्य गरी जम्मा १० लाख १ हजार २८२ मतदाता रहेका छन् । यो संख्या सबै प्रदेशमा मध्ये सबैभन्दा कम रहेको छ ।

सबैभन्दा बढी मतदान स्थलमा भने, यस पटक मधेस प्रदेशमा रहने आयोगले जनाएको छ । मधेस प्रदेशमा २ हजार १६३ मतदान स्थल र ४ हजार १८९ मतदान केन्द्र रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर