काठमाडौं ६ वैशाख । नेकपा एमालेका डोल्पाका दुई गाउँपालिका अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
गएको निर्वाचनमा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित अंगतकुमार राना र सेनाङ गुरूङ एकिकृत समाजवादी प्रवेश गरेका हुन् ।
राना र गुरूङले संयुक्त विज्ञप्ती जारी गर्दै आफुहरुमा एकिकृत समाजवादी प्रवेश गरेका हुन् ।
राना काइके गाउँपालिका र गुरूङ छार्का ताङसोङ गाउँपालिका अध्यक्ष हुन् ।.