काठमाडौं, ५ वैशाख-परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग नेपाल भ्रमणमा रहेकी दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उप–सहायक विदेश मन्त्री केल्ली किडरलिङले भेटवार्ता गरेकी छन् ।सोमबार सिंहदरबास्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल अमेरिकाबीचको मित्रता र द्विपक्षीय सहकार्यबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्षको अवसरमा सहायक विदेशमन्त्री किडरलिङ नेपाल भ्रमणमा आएकी हुन् ।पाँच महिनाको अन्तरालमा उनी दोस्रोपटक नेपाल भ्रमणमा आएकी हुन् । गत नोभेम्बर तेश्रो साता उनी काठमाडौं आएकी थिइन् । नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएपछि नेपाल आउने उनी पहिलो वरिष्ठ अमेरिकी अधिकारी हुन् । किडरलिङ भोलि स्वदेश फर्कने कार्यक्रम छ ।