काठमाडौं ५ वैशाख । नेकपा माओवादी केन्द्रको पोखरा महानगर कमिटीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी सिर्जना त्रिपाठीलाई उपप्रमुखको उम्मेदवारमा सिफारिस गरेको छ ।
सोमबार बसेको महानगर कमिटीको पूर्ण बैठकले पोखराको प्रमुख र उपप्रमुखमा ३–३ जनाको नाम सिफारिस गर्दा प्रचण्डकी बुहारी त्रिपाठीको पनि नाम परेको हो ।
सिफारिस गरिएको पोखराको प्रमुखका लागि बखानसिंह गुरुङ, विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम परेको छ ।
उपप्रमुखमा भने त्रिपाठी सहित गोमा ढकाल र सूर्यप्रकास तिवारीको नाम सिफारिसगरिएको महानगर कमिटी ले जनाएको छ ।
पती जीवन दाहाल निधन पति त्रिपाठी पोखरामा बसेर पार्टी राजनीतिमा सक्रिय हुँदै आएकी छन् ।