काठमाडौं ५ वैशाख । सत्ता गठवन्धनको बैठक प्रधानमन्त्रीको निवास बालुवाटार चलिरँदा अमेरिकी राजदूत र्यान्डी बेरी बालुवाटार प्रवेश गरेका छन् ।
सत्ता गठवन्धनको दलको शिर्ष नेताहरुको बैठक चलिरहँदा अमेरिकी राजदुत बेरी बालुवाटार प्रवेश गर्नुलाई चासोको विषयमा हेरिएको छ ।
बेरी बालुवाटार प्रवेश गरेको कारण भने खुलाइएको छैन । गठवन्धनको सोमबार बिहानै बाट स्थानीय तह निर्वाचनको विषयमा मेयर र उपमेयर भागवण्डाको छलफल चलिरहेको छ ।
छलफल अझै निष्कर्षमा पुग्न नसक्दा गठवन्धनलाई भने सकस परेको छ ।