काठमाडौ ५ वैशाख । नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले सोमबार पत्रकार सम्मेलन गर्दै पार्टीबाट राजीनामा दिएका छन् ।
घोराही उपमहानगरपालिका मेयरका दाबेदार गौतमले माओवादीले कम्युनिस्ट आदर्श गुमाइसकेको पार्टी बस्न नचाहेको बताएका छन् ।
लामो समय गुटबन्दी र गैर कम्युनिष्ट चरित्र बढ्दै गएको बताएका उनले यो क्रम झन् स्थानीय तह निर्वाचनको मुखैमा बढेको भन्दे पार्टी छोडेको बताएका छन् ।
तत्काल आफु हुनै पार्टीमा नजाने पनि उनले जानकारी दिएका छन् । माओवादी केन्द्रले घोराही उपमहानगरपालिको मेयरमा हेमराज शर्माको नाम अगाडि सारेपछि पार्टी भित्र दुरी बढेको थियो ।