काठमाडौं ५ वैशाख । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठवन्धनको बैठक विना निष्कर्ष सकिएको छ । आज सोमबार बिहान नौ बजेबाट सुरु भएको बैठक विना निष्कर्ष सकिएको हो ।
अब फेरि अर्को बैठक आज साँझ फेरि बसने भएको छ ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित , माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत शिर्ष नेताहरुको सहभागिता रहेको थियो ।
बैठकमा यही वैशाख ३० गते हुन स्थानीय तह निर्वाचनको लागि महानगर र उपमहानगरमा उम्मेदवार नाम टुंग्याउने विषयमा छलफल भएको थियो । तर सबै पार्टीले आ आफ्नो अडान राखेपछि बैठक विना निष्कर्ष सकिएको हो ।
आज फेरि बस्ने अर्को बैठकले ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको सिट कुन दललाई कति भनेर टुंगो लगाउने भएको बताइएको छ ।