काठमाडौं ५ वैशाख । नेपाल उद्योग परिसंघ (सीएनआई)को अध्यक्ष बिष्णुकुमार अग्रवालसहितको टोलीले सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरेका छन् । भेटमा परिसंद्धले आयात रोक्नुको सट्टा आयातित वस्तुमा कर बढाउन अर्थमन्त्री शर्मालाई सुझाव दिएका छन् ।
परिसंघ अध्यक्ष अग्रवालले विदेशी मुद्राको सञ्चितिमा परेको चापबाट माथि उठ्नका लागि आयातित वस्तुमा कर बढाउनुका साथै आयातका लागि लिइने ऋणको ब्याजदर समेत हेरफेर गर्नुपर्ने सल्लाह दिएका छन् ।
उत्पादन र आयातमा जाने कर्जाको ब्याजदर फरक- फरक बनाउन सुझाव दिएका अग्रवालले नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्नु तर्कसंगत नभएको पनि बताएका थिए ।
साथै उत्पादनका लागि सस्तो ब्याजदरमा कर्जा दिनुपर्ने र आयातका लागि जाने ऋणमा बढी ब्याजदर लिन सकिने पनि अर्थमन्त्री शर्मालाई परिसंघले सुझाव दिएको छ ।
परिसंघले पर्यटन व्यवसायलाई फेरि चलायमान बनाउन पूर्वाधार निर्माण र पर्यटनलाई आकर्षित गर्ने प्याकेजहरु ल्याउनुपर्ने ,सुनमा आधारित ऋणपत्र जारी गर्ने, रेमिट्यान्सको निक्षेपमा अतिरिक्त २ प्रतिशत ब्याजदर दिन, गैरआवासीय नेपाालीलाई डलरमा खाता खोल्न आकर्षित गर्नुपर्ने जस्ता सुझाव दिएको छ ।
.