पहाडी क्षेत्रमा चट्याङसहित वर्षाकाे सम्भावना — OSNepal

पहाडी क्षेत्रमा चट्याङसहित वर्षाकाे सम्भावना

LC (KTM) April 18, 2022 0

काठमाडाैं, ५ वैशाख – हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । राति पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

मंगलबार पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १ को एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर