अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट’ को उपाधि जहदा–४ लाई — OSNepal

अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट’ को उपाधि जहदा–४ लाई

LC (KTM) April 17, 2022 0

मोरङको जहदा गाउँपालिकामा सम्पन्न ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ को विजेताको उपाधि जहदा–४ ले हात पारेको छ । शनिबार भएको फाईनल खेलमा आयोजक लक्ष्मिनिया युवा क्लबलाई १५ रनले पराजित गर्दै जहदा–४ ले उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गरेको जहदा–४ ले १९ औं ओभरमा अलआउट हुदै १६५ रनको स्कोर खडा गरेको थियो । जहदा–४ का लागि रबिन मण्डलले सर्वाधिक ४९ रन बनाउँदा बिशाल मण्डलले २७, सुमन राजवंशीले १९, महेश मण्डलले १५, निरज गौतमले १३ र चन्दन सिंहले १० रन जोडेका थिए ।

जहदा–४ का लागि अमोद मण्डलले ३ विकेट लिँदा निरज, रबिन र चन्दनले २÷२ तथा सुमन राजवंशीले १ विकेट लिएका थिए । १६६ रनको लक्ष्य पाएको लक्ष्मिनिया युवा क्लब १७ औं ओभरको प्रगतिमा सबै विकेट गुमाउँदै १५१ रनमा सिमित भएको थियो । क्लबका तर्फबाट अभिषेक सिंहले सर्वाधिक ६४ रन जोड्दा श्यामसुन्दर मण्डलले ३२, अभिषेक साहले १७ र बलराम कामतले १० रनको योगदान दिएका थिए । लक्ष्मिनिया युवा क्लबका लागि बलराम कामतले २ विकेट लिँदा निरञ्जन अधिकारी र श्यामसुन्दर मण्डलले २-२ तथा अभिषेक सिंह, अङ्कित सिंह राजपुत र जयकिशोर यादवले १-१ विकेट लिएका थिए ।

खेलको ‘म्यानअफ द म्याच’ विजेता जहदा–४ का रबिन मण्डल भए । उनले कप र प्रमाण–पत्रप्राप्त गरे । यस्तै टुर्नामेन्टको ‘म्यानअफ द सिरिज’उप–विजेता लक्ष्मिनिया युवा क्लबका अभिषेक सिहं, बेस्ट बलर क्लबकै निरञ्जन अधिकारी, बेस्ट क्याच विजेता टीम जहदा–४ का विशाल मण्डल र बेस्ट फिल्डर सोही टीमका चन्दन सिंह घोषित भए । उनीहरुले पनि मेडल र प्रमाण–पत्र प्राप्त गरे ।

विजेताको उपाधि हात पारेको जहदा–४ ले मेडल र प्रमाण–पत्र सहित नगद रु. ३१ हजार तथा उप–विजेता बनेको लक्ष्मिनिया युवा क्लबले मेडल र प्रमाण–पत्र सहित नगद २१ हजारको पुरस्कार प्राप्त ग¥यो । प्रदेश नं. १ सरकारका स्वास्थ्यमन्त्री जयराम यादव तथा जहदा गाउँपालिकाका अध्यक्ष कैलाश प्रसाद मण्डलले विजेता र उप–विजेता टीमलाई पुरस्कृत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर