काठमाडौं ४ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते देशको भविष्य निधारण हुने बताएका छन् ।
आइतबार हुम्लाको अदानचुलीमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
कार्यक्रममा अध्यक्ष ओलीले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले देशको भविष्य निर्धारण हुने बताएका हुन् ।
‘३० गते हुने स्थानीय तहको निर्वाचनले देशको भविष्य निर्धारण हुन्छ । देश विकास, विनाश, स्वच्छता, भ्रष्टाचारतिर जाने भन्ने कुराको निर्धारण हुन्छ’ ओलीले भने ।