काठमाडौं ४ वैशाख । नेकपा एकिकृत समाजवादी पार्टीले पोखरा महानगरपालिको नेतृत्व नदिने भए चुनावी तालमेलबारे थप छलफल गर्न नसकिने जनाएको छ । नेकपा एसले महानगर तीन उपमहानगरपालिको प्रमुख आफ्नो दलले पाउनुपर्ने अडान राख्दै आएको छ ।
पार्टीका महासचिव बेदुराम भुसाल र विजय पौडेलले सत्ता गठवन्धन र अनुगमन संयन्त्रको बैठकमा आफ्नो दलले पोखरा महानगरको नेतृत्व पाउनुपर्ने अडान राखेको हो ।
नेकपा एसले इटहरी, हेटौंडा र बुटवल वा तुलसीपुरमध्ये एक उपमहानगरपालिकाको नेतृत्व आफ्नो दलले पाउनुपर्ने भन्दै आएको छ । साथै घोराही, जनकपुर र नेपालगञ्जको उपमेयर पनि आफ्नो दलललाई चाहिने अडान राख्दै आएको छ ।
जवाफ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अस्वभाविक दाबी गर्न नहुने बताएपछि नेकपा एसले शान्ति प्रक्रियामा आएको माओवादीलाई संसदमा ८२ सिट दिएको स्मरण गर्दै आफूहरुको विद्रोहलाई बुझ्न आग्रह गरेको छ ।